आफ्नी १८ वर्षकी छोरीको नांगो तस्वीर पत्रिकामा छापिएको देखेपछि एकजना पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् ।
घटना रोमानियाको हो । लोरेन्डाना चिभु नामकी युवतीको निर्वस्त्र तस्वीर चर्चित प्लेब्वाय म्यागेजिनमा छापिएपछि उनका बुवाले आफ्नो इज्जतमा ठेस लागेको र नाक काटिएको ठानेर आत्महत्या गरेका हुन् ।
यसअघि पनि आफ्नो इन्साग्राममा कैयन् अर्धनग्न तस्वीर राख्ने गरेकी आफ्नी छोरीसँग राम्रै सम्बन्ध रहेका ती पुरुषले पत्रिकामै छोरी नांगिएपछि सहन सकेनन् ।
पत्रिकामा नांगो तस्वीर छापिएपछि उनी सुरुमा निकै रिसाए, छोरीसँग बोलचाल समेत गर्न छाडे । बाउछोरीमा शितयुद्ध नै सुरु भयो । तर आफ्नो कामका कारण बुवालाई चित्त दुखेर निकै रिसाएको महसुस गरेपछि लोरेन्डाना बुवालाई सम्झाउने र माफी माग्ने योजनामा थिइन् । तर एक्कासी बुवाले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारेपछि उनी निकै आत्तिइन् ।
आफ्नो फोटोका कारण बुवाले आत्महत्या गरेको घटनाको पीडा अझै निको नभएको उनी बताउँछिन् । राजधानी बुखारेष्टमा बस्दै आएकी लोरेन्डाना त्यस विषयमा बुवासँग कुरा गर्न नपाएकोमा अझैपनि थकथकी मानिरहेकी छिन् ।
बच्चा जन्माउने बेला हुँदासम्म कुनै युवतीलाई आफु गर्भवती भएको समेत थाहा हुँदैन, त्यो पनि अमेरिका जस्तो देशमा । निकै अचम्म लाग्दो यो घटना अनुसार कम्मर दुखेर कम्मरको उपचार गर्न अस्पताल पुगेकी एक युवतीलाई अस्पतालमै आफु गर्भवती भएको थाहा भयो र अस्पतालमै बच्चा समेत जन्माइन् ।
घटना म्यासाच्यूसेट्सको हो । २३ वर्षकी केटी क्रोपस कम्मर दुखाइको पीडाले थलिएकी थिइन् । उनलाई कम्मर किन दुखिरहेको छ भन्ने थाहा थिएन त्यसैले उपचारको लागि डाक्टरकहाँ पुगिन् । अस्पतालमा चेकजाँच गराउँदा डाक्टरहरुले एक्कासी उनको पेटमा गर्भ रहेको बताएपछि उनी छाँगाबाट खसेझैँ भइन् । आफु गर्भवती भएको थाहा पाएको एक घण्टामै उनले छोरी समेत जन्माइन् ।
केटीले स्थानीय संचारमाध्यमलाई बताए अनुसार मंगलबार बिहान उनी कम्मर दुखाइको समस्या दिएर अस्पताल पुगेकी थिइन् । अस्तालमा मंगलबार रात उनको अल्ट्रासाउण्ड गराइयो । अल्ट्रासाउण्डपछि उनलाई एकाएक प्रसुति गराउने कोठामा लगियो । आफुलाई बच्चा जन्माउने कोठामा लगिएपछि उनले त्यहाँ ल्याउनुको कारण सोधिन् । डाक्टरहरुले उनी गर्भवती रहेको र बच्चा जन्मिने बेला भएको बताएपछि उनी एकाएक छाँगाबाट खसेझैँ भइन् । राति सबा १० बजे आफु गर्भवती भएको थाहा पाएकी उनले ११ बजेर ६ मिनेट जाँदा छोरी जन्माइन् ।
आफ्नो कोखबाट जन्मिएकी छोरीको बाउ को हो ? भन्ने आफुलाई जानकारी नभएको उनको जिकिर छ । तर डाक्टरहरुले भने बच्चामा पेट हुँदासम्म आफुलाई त्यसको बारेमा अन्तिम सम्म जानकारी नभएको बताएर धेरैले नखरा पार्ने भन्ने उनको दाबी पत्याएनन् । बच्चा पेटमा हुँदा समेत थाहा नपाएको भन्ने उनको जिकिरलाई अस्पतालका अरुले पनि खुबै खिल्ली उडाए ।
केटीले आफ्नी छोरीको नाम एली राखेकी छिन् । अन्तिम समयसम्म पनि बच्चा पेटमा रहेको थाहा नपाएको र बच्चाको पिता समेत थाहा नहुँदा आफुले बच्चा जन्माइसकेको घटनाबाट आफु निकै उत्साहित भएको भन्दै उनले आफुलाई यस्तो अवस्थामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । निकै मोटीघाटी देखिने ती महिलाको भिडियो अहिले इन्टरनेटमा खुबै चर्चित बनेको छ ।
भिडियो
यी मान्छे साँच्चीकै विचित्रका मान्छे हुन् । विगत ६० वर्षदेखि जिउ ननुहाएका उनले ताजा खानेकुरा होइन सडेगलेको मासु खान मन पराउँछन् । उनी सायद विश्वमा सबैभन्दा लामो समय सम्म ननुहाउने मान्छे पनि हुन्, तर उनले यो किर्तिमानीको प्रमाणपत्र भने पाएका छैनन् ।
दक्षिणी इरानको फार्स प्रान्तस्थित देजगाह गाउँमा बस्ने अमो हाजी नामका यी व्यक्तिको उमेर ८० वर्ष भयो । जिउ नुहाएमा र सरसफाइ गरेमा विमारी भइन्छ भन्ने डर उनमा छ । त्यसैले उनले यस्तो जिवनशैली छाने जसमा दुर्गन्ध बाहेक केही छैन । उनले फोहोर खानेकुरा खाने र जिउलाई घिनलाग्दो बनाएका मात्र छैनन् आराम गर्नका लागि समेत दुर्गन्धयुक्त फोहोर जग्गा खोज्दछन् ।
उनी अहिले गाउँ नजिकैको एउटा गुफामा बस्दै आएका छन् । उनलाई सफा पानी तथा ताजा खाना मन पर्दैन । उनको लागि मनपर्ने खाना भनेको दुम्सीको कुहेको मासु हो । उनले धुमपान पनि गर्छन् तर कुनै आधुनिक सिगरेट होइन । जनावरको मललाई एउटा नलीमा राखेर त्यसमा आगो सल्काएर धुम्रपान गर्दछन् । उनले आफ्नो कपाल छोट्याउनका लागि काट्ने होइन जलाउने गरेका छन् । गर्मी महिलामा उनले टाउकोमा एउटा हेलमेट लगाउँछन् । स्थानीय बासिन्दाहरुका अनुसार यी व्यक्ति युवाअवस्थामा यस्तो हालतका थिएनन् , सरसफाइ तथा नुहाइधुवाइ गर्थे । जिवनमा आएका केही कठिनाइ तथा पिरमर्काका कारण उनी भावनात्मक रुपमा विक्षिप्त बनेर दुर्गन्धपूर्ण जिवनमा मोडिएका स्थानीयहरुको बुझाइ छ । गएको वर्ष स्थानीय युवाहरुले उनलाई जबरजस्ती नुहाइदिन खोज्दा समेत उनले मानेनन् र भाग्न सफल भए ।
उनी अहिले गाउँ नजिकैको एउटा गुफामा बस्दै आएका छन् । उनलाई सफा पानी तथा ताजा खाना मन पर्दैन । उनको लागि मनपर्ने खाना भनेको दुम्सीको कुहेको मासु हो । उनले धुमपान पनि गर्छन् तर कुनै आधुनिक सिगरेट होइन । जनावरको मललाई एउटा नलीमा राखेर त्यसमा आगो सल्काएर धुम्रपान गर्दछन् । उनले आफ्नो कपाल छोट्याउनका लागि काट्ने होइन जलाउने गरेका छन् । गर्मी महिलामा उनले टाउकोमा एउटा हेलमेट लगाउँछन् । स्थानीय बासिन्दाहरुका अनुसार यी व्यक्ति युवाअवस्थामा यस्तो हालतका थिएनन् , सरसफाइ तथा नुहाइधुवाइ गर्थे । जिवनमा आएका केही कठिनाइ तथा पिरमर्काका कारण उनी भावनात्मक रुपमा विक्षिप्त बनेर दुर्गन्धपूर्ण जिवनमा मोडिएका स्थानीयहरुको बुझाइ छ । गएको वर्ष स्थानीय युवाहरुले उनलाई जबरजस्ती नुहाइदिन खोज्दा समेत उनले मानेनन् र भाग्न सफल भए ।
१७ वर्षकी एक चर्चित गायिकाले आफ्नो खुट्टामा घुाडासम्मै कण्डम लगाएर पुरुषहरुलाई चोटिलो जवाफ दिएको समाचार अहिले पश्चिमा मिडियाहरुमा खुबै चर्चित बनिरहेको छ । स्विडेनकी किशोरी पप गायिका जारा लार्सनले ठूलो लिंग भएको भन्दै घमण्ड गर्ने पुरुषहरुका नाममा आफ्नो खुट्टालाई कण्डमभित्र घुसारेको तस्वीर इन्स्टाग्राममा अपलोड गरेपछि त्यो भाइरल बनेको छ ।
आफ्नो लिंग निकै ठूलो भएको र सोही कारण आफुलाई अस्थायी साधन कण्डमको आकार सानो भएर प्रयोगवीहिन भएको दाबी पुरुषहरुलाई व्यंग्य गर्दै उनले यस्तो गरेकी हुन् । आफ्नो त्यतिठूलो खुट्टालाई समेत मिल्ने आकारका कण्डम हुादाहुादै कतिपय पुरुषहरुले आफ्नो लिंग कण्डमका लागि ठूलो भएको तुजुक देखाएको सायद उनलाई मन परेनछ । त्यसैले उनले इन्स्टाग्राममा कण्डम बेरिएको आफ्नो खुट्टाको तस्वीर अपलोड गर्दै लेखेकी छिन्, ‘कण्डमका लागि मेरो गुप्तांग निकै ठूलो छ भन्ने सबै पुरुषहरुका लागि, आसन ग्रहण गर ।’ ‘मेरो खुट्टा भन्दा ठूलो तिमीहरुको गुप्तांग त छैन होला नी ?’भन्ने उनको आसय हो ।
तन्नेरीलाई चुनौति दिनेगरि किशोरी गायिकाले यस्तो तस्वीर र सन्देश सोसल साइटमा राखेपछि त्यसलाई तत्कालै धेरै मानिसले हेरे, दशौा हजारले लाइक समेत गरिसकेका छन् ।
गायिकाको यो हर्कतलाई स्विडेन, नर्वे तथा डेनमार्कका मिडियाहरुले तत्कालै प्रकाशन तथा प्रशारण गरे । धेरै मिडियाहरुले गायिकाको यस्तो सन्देश गैरजिम्मेवार पुरुष पार्टनरहरुलाई पाठ भएको टिप्पणी गरे भने कतिपय पत्रिकाहरुले ती गायिकालाई महिलावादी आइकनको बिल्ला भिराएका डेलीस्टारले उल्लेख गरेको छ ।
आफ्नो तस्वीर र पोष्टले यतिधेरै चर्चा पाएकोमा जारा आफै अचम्मित छिन् । आफुले केवल रमाइलो जोकको रुपमा इन्स्टाग्राममा तस्वीर र भनाइ पोष्ट गरेको तर पत्रिकाहरुले आफुलाई अति महिलावादी जिनियस भनेर लेखिरहेको उनले बताइन् । आफु अति महिलावादी नरहेको उनको स्पष्टिकरण छ ।
सन् २००८ मा स्विडेनको टेलिभिजन रियालिटी शो जितेसागै चर्चामा आएकी जारा पछिल्लो समय निकै चर्चित छिन् । उनका गिति एल्वबहरुले ऐतिहासिक व्यापार गरिरहेका छन् ।
यौन सम्पर्कका बेला प्रयोग गर्न सजिलो हुने गरी डिजाइन गरिएको एक अनौठो कण्डमले स्वर्ण पदक प्राप्त गरेको छ । नेदरल्याण्डको एक कम्पनीले बनाएको विन्जम्यान नामको उक्त कण्डमले यसको नौलो डिजाइनका कारण आइ एफ गोल्ड अवार्ड प्राप्त गरेको हो । नौलो डिजाइनका प्रडक्ट निर्माण गर्ने कम्पनीलाई प्रदान गरिने यो विश्वस्तरीय अवार्ड यसअघि नोकिया तथा एप्पल लगायतले समेत प्राप्त गरेका थिए । यौन सम्पर्कका बेला पुरुषको यौनांगमा पहिराउन दुवै हातको प्रयोग गर्नुपर्ने र होसियारी नअपनाउँदा कण्डम फुट्ने तथा बिगि्रने जस्ता समस्या हुने गरेको अवस्थामा यो नयाँ डिजाइनको कण्डम एउटै हातले पनि पहिराउन सकिन्छ । यो कण्डममा परम्परागत कण्डममा भन्दा निकै भिन्न अर्थात् दुइवटा पखेटा हुन्छन् दुइ साइडमा । कण्डममा हुने पखेटाले कण्डम लगाउन सजिलो हुनुका साथै एउटै हातले वा अँध्यारोमा समेत पहिरिन सकिन्छ । युरोपेली मुलुकहरुमा उपलब्ध यो कण्डमको मूल्य एक दर्जनको ९.९५ युरो पर्ने बताइएको छ ।
छिमेकी महिलाहरुका पेन्टी र ब्रा चोरेर १० वर्षदेखि हैरान पार्दै आएका एक चर्चित अन्तरवस्त्र चोर अन्ततः पक्राउ परेका छन् । चीनको दक्षिणपूर्वी युनिल सहरका ती ब्रा चोरलाई २ हजार पेन्टी सहित प्रहरीले पक्राउ गरेको छ । पूरै नाम नखुलाइएका ती झण्डै ३० वर्षीय पुरुषको थर टान रहेको बताइएको छ । युलिन सहरस्थित उनको अपार्टमेन्टको सिलिङमा बनाइएको खोपामा २ हजार थान ब्रा र पेन्टी भेटिए । ब्रा र पेन्टीको संख्या निकै धेरै हुँदा धेरै वजनका कारण सिलिङ भत्किएर ठूलो आवाज आएपछि अपार्टमेन्टमा बस्ने अन्य मानिसहरुले प्रहरीलाई बोलाएर उनको कोठाभित्र हेर्दा कोठाभरि ब्रा र पेन्टी फेला परेका हुन् । ती ब्रा तथा पेन्टी चोरले पछिल्लो १० वर्षदेखि छिमेकीको अपार्टमेन्ट तथा घरमा छिरेर महिलाका अन्तरवस्त्र चोर्दै आफ्नो कोठामा ल्याएर सिलिङमा बनाएको कोठरीमा थुपार्ने गरेका रहेछन् । उनी बसेको अपार्टमेन्टको मुख्य साँचो अर्थात् मास्टर की उनीसँग रहेका कारण अपार्टमेन्टमा बस्ने अन्य मानिसहरु दिउसोमा काममा गएको बेला ढोका खोलेर कोठाभित्र छिरेर महिलाका अन्तरवस्त्र उनले चोर्ने गरेका थिए । उनले अहिलेसम्म ७ सय ५० जना छिमेकीको घर तथा कोठामा छिरेर ब्रा पेन्टी चोरेको स्विकार गरेका छन् । यसरी एउटै घरछिमेकमा बस्ने मानिसले आफुहरुका अन्तरवस्त्र चोरेर थुपारिरहेको सुइँको सम्म पनि पाउन सकेनन् मानिसहरुले । तर जब ब्रा र पेन्टीको वजनले सिलिङ नै भत्किएर ठूलो आवाज आयो तब पुलिसलाई बोलाएर उनको कोठाभित्र छिर्दा पो थाहा भयो, आफ्ना हराएका सबै ब्रा पेन्टी उनले चोरेर थुपारेका रहेछन् । टा ले आफुले ब्रा र पेन्टी चोर्ने गरेको स्विकार गरेका छन् । आफुमा बाल्यकालदेखि नै मानसिक समस्या रहेको र महिलाका भित्रीवस्त्र चोर्ने लत आफुलाई कहिलेदेखि लाग्यो भन्ने कुराको हेक्का नरहेको दाबी उनको छ ।
जुम्ल्याहा बच्चा समान्यतः एक अर्कामा धेरै मिल्दोजुल्दो हुन्छन् र
उनीहरुलाई छुट्याउन गाह्रो हुन्छ । यदि ट्विन्सको जोडी एक दुई होइन् २४
जोडी एकै ठाउँमा जम्मा गरियो भने चिन्न कति गाह्रो होला ?
यस्तै अवस्था अमेरिकाको एक स्कुलमा भएको छ । इलेनोइस मिडिल स्कुल ट्विन्स बच्चाहरुकै कारण चर्चित समेत भएको छ । यो स्कुलको एकै कक्षमा २४ जोडी जुम्लयाहा छन् ।
उनीहरु एकै रंगको कपडा लगाएर आउँदा कयौ पटक शिक्षकहरुले समेत छुट्याउन नसकेको घटना छ । यो एक संयोग हो कि स्कुलको एकै कक्षामा २४ जोडी जुम्लयाहा छन्, जसका कारण यो स्कुलको नाम गिनिज बुक अफ् दि वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ ।
यो स्कूलमा ३ जोडी केटा–केटा जुम्ल्याहा, ११ जोडी केटी–केटी जुम्ल्याहा र १० जोडी केटा–केटी जुम्ल्याहा छन् ।
यी ४८ जना केटाकेटी कक्षा पाँच मा अध्ययनरत छन । यसअपिघ तीनवटा बिद्यालयले एकै कक्षामा १६–१६ जोडी जुम्ल्याहा अध्ययन गराएर रेकर्ड कायम गरेका थिए ।
यस्तै अवस्था अमेरिकाको एक स्कुलमा भएको छ । इलेनोइस मिडिल स्कुल ट्विन्स बच्चाहरुकै कारण चर्चित समेत भएको छ । यो स्कुलको एकै कक्षमा २४ जोडी जुम्लयाहा छन् ।
उनीहरु एकै रंगको कपडा लगाएर आउँदा कयौ पटक शिक्षकहरुले समेत छुट्याउन नसकेको घटना छ । यो एक संयोग हो कि स्कुलको एकै कक्षामा २४ जोडी जुम्लयाहा छन्, जसका कारण यो स्कुलको नाम गिनिज बुक अफ् दि वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ ।
यो स्कूलमा ३ जोडी केटा–केटा जुम्ल्याहा, ११ जोडी केटी–केटी जुम्ल्याहा र १० जोडी केटा–केटी जुम्ल्याहा छन् ।
यी ४८ जना केटाकेटी कक्षा पाँच मा अध्ययनरत छन । यसअपिघ तीनवटा बिद्यालयले एकै कक्षामा १६–१६ जोडी जुम्ल्याहा अध्ययन गराएर रेकर्ड कायम गरेका थिए ।
पहिले–पहिले गाउँघरतिरका महिलाहरु आफ्नो परिवारलाई चाहिने स्वीटर लगायतका उनीका कपडा आफै बुन्थे । आजकल मेसिनको जमाना आयो र त्यो चलन हरायो ।
तर, चीनमा एक महिलाले उनीको हैन, आफ्नै कपालको प्रयोग गरी स्वीटर र टोपी बुनेर उपहार दिएकी छिन् । चोङकिङ निवासी यी अवकाशप्राप्त शिक्षिकाले आफ्ना १ लाख १६ हजार ५८ वटा रौैंको प्रयोग गरी स्वीटर बुनेकी छिन् । यसका लागि उनलाई ११ बर्ष लाग्यो ।
‘बैंसका बेला म चम्किलो लामो कपालका लागि प्रसिद्ध थिएँ’ आफ्ना यौवनकाल सम्झँदै ६० बर्षिय सियान रेनसियानले भनिन–‘जब म बढ्दै गयो, मलाई लाग्यो मेरो सौन्दर्यजस्तै यो पनि नासिएर जाँदैछ ।’
‘मैले यसलाई सम्हालेर राख्न चाहान्थेँ’ उनले डेलीमेलसँग भनिन–‘ र, आइडिया निकालेँ– श्रीमानका लागि केही सम्झनायोग्य चीज बनाइदिने ।’
३४ बर्षको उमेरदेखि उनको कपाल झर्न थालेको थियो । उनले ती कपाललाई एक–एक गरी जम्मा पारेर राखिन् । त्यसलाई के मा प्रयोग गर्ने भन्ने उनीसँग केही योजना थिएन् ।
४९ बर्षको उमेरमा अथार्त सन् २००३ मा उनलाई आइडिया आयो श्रीमानका लागि स्वीटर बुनिदिने । ‘पछिल्ला ११ बर्षमा मैले सवै कपालका रौं गनेँ र तीनलाई स्वीटर बुन्न प्रयोग गरिरहेँ ।’ उनी भन्छिन–‘ मैले १ लाख १६ हजार ५८ वटा रौं प्रयोग गरेर स्वीटर बनाएँ जसको तौल ३ सय ८२ दशमलव २ ग्राम छ ।’
आफ्नै कपालबाट उनले ११९ दशमलव ५ ग्रामको टोपी पनि बनाएकी छिन् । ‘जब मैले बुन्ने तरिका जानेँ, तब मलाई यो सवै गर्न कुनै कठिनाई भएन् ।’ उनी भन्छिन–‘यसका लागि मात्र धैर्यता चाहिन्छ र समय पनि ।’
‘यो स्वीटरले मेरो जवानी सम्झाइदिने छ, मैले र मेरा श्रीमान्ले बिताएका सुन्दर क्षणलाई बाँकी जीवनभर ताजा बनाइदिने छ’ उनले भनिन् ।
अब श्रीमानका लागि कट्टु बनाइदिने ? संचारकर्मीको प्रश्नमा उनले भनिन– ‘यो प्रोजेक्ट त सकियो, अब के बनाउने भनेर सोच्दै छु ।’
१६ माघ, काठमाडौं । सडक एक्लै युवती वा महिला देखी आँखा झिम्क्याउने वा जिब्रो देखाउने गर्नुभएको छ ? यो गलत बानी त्यागिहाल्नुहोस् । अब यस्तो क्रियाकलाप गर्नेले उन्मुक्ति पाउने छैनन् । प्रहरीले पक्राउ गरी कारवाही चलाउन सक्छ । प्रहरीले सडकमा हुने महिला हिंसालाई रोक्न कडा नीति अवलम्बन गरेको छ । प्रहरीले महिला हिंसाविरुद्ध काम गर्दै आएको अस्तित्व फाउण्डेसनसँग मिलेर त्यस्ता हिंसा रोक्ने अभियान सुरु गरेको हो ।
प्रहरी प्रधान कार्यालयले महिलाहरुलाई एउटा सम्पर्क नम्बर दिएको छ । कसैमाथि हिंसा, दुव्र्यवहार भए ९८०३३३९४४९ नम्बरमा फोन वा एसएमएस गरेर पीडकबारे उजुरी दिन सकिन्छ । त्यस्तो दुव्र्यवहारमा संलग्नलाई पक्राउ गर्न प्रहरीको एउटा टोली सधैं तैनाथ हुन्छ । यस्तै ल्याण्डलाईन नम्बरमा समेत यस्ता हिंसाबाट पीडित महिलाले फोन गर्न सक्छन् ।
देख्दा र सुन्दा सामान्य लाग्ने यस्ता घटनाको शिकार महिलाहरु दिनहुँ हुने गरेका छन् । पैदल हिडेका महिलालाई हुलमा बसेर जिस्क्याउने, पिछा गर्ने, नजानिदो पाराले संवेदनशील अंगमा छुनेजस्ता क्रियाकलाप बढिरहेका छन् । पढेलेखेकै देखिने ब्यक्तिहरुले समेत यस्ता हर्कत गरेको पाइन्छ । खराब मानसिकता र कुण्ठित सोच भएका ब्यक्तिले यस्ता गतिवीधी गर्ने प्रहरी बताउँछ ।
अझ सार्वजानिक सवारी साधन प्रयोग गर्ने युवतीहरु यसबाट बढी पीडित हुने गरेको पाइएको छ । त्यसैका लागि एक बर्षअघि देखी सरकारले सार्वजानिक सवारी साधनमा महिलाका लागि आरक्षित सिट छुट्याएको छ । त्यसलाई कार्यान्वयन गर्न त्यो ताका ट्राफिक प्रहरीले जाँचसमेत गर्ने गरेका थिए । महिलाको सिटमा पुरुष बसेको भेटाए उठाएर महिलालाई राख्ने र सवारी चालक र सहचालकलाई चेतावनी दिने गरेका थिए ।
‘देख्दा सामान्य लागे पनि यसको मानसिक असर त्यो भोग्ने महिलालाई धेरै लामो समय पर्छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरे भन्छन् ‘त्यस्ता मनोबृती भएका ब्यक्तिलाई पक्राउ गरेर दुरुत्साहित गर्ने प्रयास हो ।’ उनका अनुसार सार्वजानिक सवारी साधन प्रयोग गर्ने र सडकमा पैदल चल्ने ब्यक्तिले त्यस्तो दुब्र्यवहार गरे भने तुरुन्तै एसएमएस वा फोन गरेर जानकारी गराउन सकिन्छ । ‘फलानो रुटको सवारी साधन वा स्थानमा यस्तो भयो भनेपछि प्रहरीले तुरुन्तै एक्सन लिन्छ’ उनले भने ‘त्यस्तोमा महिलाको गोपनियता समेत राखिनेछ ।’
काठमाडौं परिसरमा यो फोन उठाउनका लागि डिएसपीलाई परिचालन गरिएको छ । डिएसपी भीम ढकालको साथमा उक्त मोबाइल नम्बर र ल्याण्डलाईन फोन राखिएको छ । यस्ता हर्कत गर्नेलाई कारबाही गर्न कानुन बनिसकेको छ । अस्तित्व फाउण्डेसनकी सचिब उमा थापाले सडक दुब्र्यवहारबाट नै हिंसाको मनोबृती बोकेका ब्यक्तिले महिला माथी हिंसा हुने गरेकाले अभियान सुरु गरेको बताईन्. । उनका अनुसार किशोरावस्था र ३५ भन्दा माथिल्लो उमेरका ब्यक्तिले सडकमा हिड्ने महिला माथी हिंसा गर्ने गरेका छन् । उनीहरुले अनलाईन र सडकमा हिड्ने युवतीहरुलाई भेटेर ब्यक्तिपिच्छे समेत अध्ययन गर्दै आएको कान्तिपुर दैनिकमा खबर छ ।
उनीहरुले गरेको अध्ययन अनुसार सडकमा हिड्ने २९ प्रतिशत युवतीलाई सडकमा हिड्दा सिटी मारेर जिस्क्याउने गरेको छ । यस्तै हिडीरहेका बेला राम्री देखिएकी, वा लुगा कस्तो राम्रो जस्ता प्रतिक्रिया २५ दशमलब ३ प्रतिशतलाई गर्ने गरेको पाइएको छ । १५ प्रतिशत महिलालाई पिछा गरेर दुब्र्यवहार गर्ने गरेको अध्ययनले बताएको छ । ५ दशमलब ५ प्रतिशत महिलालाई टाढैबाट चुम्बन गरेर जिस्क्याउने गरेको अध्ययनले देखाएको छ । यस्तै ६ दशमलब ४ प्रतिशत महिलाको संवेदनशिल अङगमा छोएर दुब्र्यवहार गरिने गरेको देखिन्छ । फोहोरी शब्द प्रयोग गरेर ३ दशमलब ५ प्रतिशत महिला दुब्र्यवहाको शिकार बनेका छन् । संस्थाले २/२ महिनाको अन्तरालमा यो अध्ययन अनुसन्धान गर्ने गरेको छ । यसले प्रहरीसंगको सहकार्यपछि महिलामा दुब्र्यवहारका बिरुद्ध लड्ने क्षमता बढ्ने जनाइएको छ । यसलाई महिला माथी गरेको यौन दुब्र्यवहारकै रुपमा हेर्ने गरिन्छ । मुलुकी ऐनले करणीको आसय दिदै यौन दुब्र्यवहारका रुपमा यसलाई राखेको छ ।
यस्ता हर्कत गर्ने कसुरदारलाइ एक बर्षसम्म कैद र दश हजार रुपैंयासम्म जरिवानाको ब्यवस्था गरेको छ । पिडीत महिलाले क्षतिपुर्ति मागेको अवश्थामा समेत कसुरदारबाट उपलब्ध गराउन सक्नेछ । यस्तै सार्वजानिक स्थानमा महिलालाई लक्षित गरेर अश्लिल शब्द बोले वा ईशारा गरे उनीहरु माथी सार्वजानिक अपराध ऐन २०२७ अन्तर्गत मुद्धा चल्छ । जिल्ला प्रशासन कार्यालयले ३५ दिन थुनामा राख्ने र दश हजार रुपैंयासम्म जरिवाना गर्न सक्ने ब्यवस्था छ ।
चीनमा केही महिलाहरुलेआफ्नो दूधबाट साबुन बनाउन थालेका छन् । शिशुलाई चुसाएपछि बाँकी रहेको दूधबाट उनीहरुले साबुन बनाउन थालेको ताइवानी समाचार संस्था वान्ट चाइना टाइम्सले जनाएको छ ।
चिनियाँ अनलाइन मिडियामा महिलाको दूधबाट निर्मित साबुनको बिक्री प्रवर्द्धनको बारेमा विज्ञापनसमेत आइरहेको छ । साबुन निर्माताहरुले गरेको दावीअनुसार यस्ता साबुनबाट छाला गोरोपन तथालामो समय सुरक्षित राख्न सकिने हुन्छ ।
महिलाको दूधमा प्रचूर मात्रामा पोषकतत्व रहेको हुन्छ । तर साबुन निर्माण गर्दा रासायनिक प्रतिक्रियाभई यसको गुण नष्ट हुने चिकित्सकहरु बताउँछन् । त्यहीभएर चिकित्सकहरुले महिला दूधबाट निर्मित साबुनको बारेमाखासै उत्साह देखाएका छैनन् । केही चिकित्सकहरु भने रासायनिक प्रतिक्रियाको क्रममा पोषण गुणका केही अंश कायम रहन सक्ने दावी गर्छन् ।
महिलाले आफ्नो दूधको व्यापारीकरण गरेकोमा स्थानीय प्रशासनले भने आपत्तिजनाएको छ । “साबुनबनाउने वादूधको व्यापारीकरण गर्नु किमार्थ राम्रो मान्न सकिँदैन”चिनियाँ प्रशासनले भनेको छ “आइन्दा यस्तो घटना देख्न र सुन्ननपरोस् ।”
जुन रेष्टुराँमा खाएपनि पैसा नलाग्ने, त्यो जीवन भर । यो त ठूलो सरप्राइज भयो । उत्तरी लण्डनको हर्टफोर्ड शायरका क्रिष्टोफर पूलेले एक दिन पत्रिकामा यस्तो अफर देखे ।
त्यसका लागि अनौठो शर्त पनि थियो । सित्तैमा जीवनभर खाने लाइसेन्स पाउन सो रेष्टुँराका बिश्वभर फैलिएका १ हजार ३१ शाखामा खाना खाएको प्रमाण भने ल्याउनुपर्ने छ । अफरमा भनिएको थियो- ‘व्यक्तिलाई ब्लाक कार्ड दिइनेछ, जसले जीवनभार पैसा नतिरी खान सक्नेछ ।’
फुड चेन नान्डोजले ल्याएको यस्तो अफरले २६ बर्षिय युवकको दिमाग चकराउँछ । उनी सारा काम छाडेर सित्तैमा जीवनभर खान पाउने अफरको पछि कुद्छन् । क्रिस्टोफर भन्छन्-’मलाई नान्डोजको खाना मिठो लाग्छ । ब्लाक कार्डका लागि जे पनि गर्न तयार छु ।’
उनी प्रतियोगी बने र बेलायतका ५ शाखामा खाना खाने लक्ष्य पूरा गरे । तर, नान्डोजका बेलायतमा मात्रै २८० शाखा छन, १ सय बढि त लण्डन मै छन् । उनको योजना अब अष्ट्रेलिया पुग्ने र त्यहाँका ३ सय शाखामा खाना खाने हो ।
तर, यतिबेला उनी छाँगाबाट खसेजस्तै भएका छन् । कारण-यो अफर दुई बर्षअघि नै सकिइसकेको थियो । आफु हुस्सु भएको थाहा पाएर अहिले क्रिष्टोफर दिक्क मानिरहेका छन् । खल्तीको हजार पाउण्ड पनि स्वाहा, अर्कोतिर जीवनभर सित्तैमा खान पाउने सपना पनि स्वाहा ।
उनको यो प्रयास देखेर नान्डोजका संचालको भने मन पग्लिएको छ । आगामी दिनमा उनले सवै स्टोर पुगेर खाना खाएमा क्रिष्टोफरलाई जीवनभर सित्तैमा खाने कार्ड दिने उनले आश्वासन दिएका छन् । सादय, त्यस्तो सम्भावना नभएकाले होला रेष्टुँराले क्रिष्टोफरलाई उनलाई मन पर्ने खाना र पेयको गिफ्ट पठाउँदै सान्त्वना दिएको छ ।
स्पेन लगायतका पश्चिमा देशमा हुने बुल राइडिङ हामी हेर्दै आएका छौं । तर, क्यालिफोनियाँमा भने फरक वुल राइडिङ हुन्छ । बच्चाहरुका लागि हुने यो एडभेन्चर प्रतियोगितालाई बुल राइडिङको मिनिएचर भनिए गलत हुँदैन ।
मटन बस्टिङ समेत भनिने यो प्रतियोगितामा बच्चाहरु भेडामाथि बसेर दौडको मज्जा लिन्छन् । उनीहरुले जम्मा ६ सेकेन्ड मात्र भेडामा बस्नुपर्छ । तर, समय पूरा हुनु अघि नै अधिकांश बच्चा खसिसक्छन् ।
यो प्रतियोगितामा भाग लिने बच्चा ४ देखि ७ वर्षको हुनुपर्छ भने ६० पाउण्डभन्दा बढी तौल भएकाले भाग लिन पाउँदैनन् । बच्चाहरुको सुरक्षाका लागि प्रोटेक्टिव गियर र हेलमेट लगादिइन्छ ।
टमी जी प्रोडक्शनले यो प्रतियोगिता गर्दै आएका छन् । जसका लागि कोलोराडोबाट भेडा ल्याइन्छ भने बच्चालाई सहभागी गराउनुअघि आमाबाबुको अनुमति लिइन्छ ।
मानिस जीवनमा कति पटक जेल पर्ला ? धेरैको अनुमान हुन्छ २–४ पटकदेखि बढीमा १०/१५ पटक । तर, अमेरिकाको लेक्सिङटन केन्टुकीका हेनरी अर्लको हकमा भने तपाईको अनुमान पूर्णत गलत हुनेछ ।उनका लागि जेल भनेको पानी पँधेरो जस्तो हो । उनी अहिलेसम्म १५ सयभन्दा बढी पटक जेल परेका छन् ।
पछिल्लो पटक एक भोजनालयको बाहिर नशामा रहेको अवस्थामा पक्राउ परेका छन् । हाल ६४ वर्ष पुगेका अर्न पहिलो पटक १९७० मा २० वर्षको उमेरमा जेल परेका थिए । त्यसबेला उनी अबैध हतियार बोकेको आरोपमा पक्राउ परेका थिए ।
त्यसपछि उनका लागि जेल जानु पानी पँधेरो जस्तो भएको छ । जसका कारण उनी विश्वमा सबैभन्दा धेरै पटक पक्राउ पर्ने व्यक्ति भएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । उनले हालै आफ्नो ६४ औं जन्मदिन समेत जेलमै मनाएका छन् ।
अनौठो के छ भने हरेकपटक पक्राउ पर्दा उनको गेटअप परिवर्तन भएको देखिन्छ ।
ब्राजिलका युवतीहरुमाझ अहिले पुरुषलाई रेटिङ गर्ने प्रतिस्पर्धा चलिरहेको छ । कुनै फिल्म वा पुस्तकको अनलाइन रेटिङमा स्टार दिइएजस्तै युवतीहरु आफ्ना पुरुष साथी वा आफुलाई मन पर्ने पुरुषका लागि नम्बर दिइरहेका छन् ।
यो रेटिङको काम भइरहेको मोबाइल एप्लिकेसन ‘लुलु’मा । कसैले १० त कसैले ७.९ अंक पाएका छन् । ब्राजिली युवतीमाझ निकै लोकपि्रय बनेको यो एपप्रति त्यहाँका पुरुषहरु भने बेखुसी छन् । यसले आत्मसम्मानमा चोट पुर्याएको उनीहरुको जिकिर छ ।
सरकारी बकिलले भने नयाँ फेसबुक एपले पुरुषहरुको सम्मानमा आाच पुर्याए नपुर्याएकोबारे छानविन थालेको छ । लुलु एपप्रति महिलाहरुको आकर्षण भने बढ्दो छ । एप बनाउने कम्पनी लुलुका अनुसार यो एप प्रयोग गर्नेहरुको संख्या विश्वभरमा करिव ३० लाख पुगेको छ ।
यो एपले ब्राजिलमा सेक्स, गोपनियताको अधिकार, शालीनताको बहस चर्किएको छ । महिलाहरुले आफ्नो पुरुष मित्रहरुको रेटिङ गर्दा अनुमति समेत लिइने गरेको छैन । एपमा महिलाहरुलाई फेसबुक पुरुष मित्रहरुकोबारेका केही प्रश्न सोधिन्छ, यो कहिले पुरुषको सेक्स क्षमताको बारेमा हुन्छ भने कतिपय प्रश्न उसको हाँस्य क्षमता, आकर्षण र प्रतिवद्धताबारे हुन्छ । महिलाको जवाफका आधारमा पुरुषको रेटिङ हुनेछ ।
रेटिङपछि असन्तुष्ट एक युवकले सेक्ससँग जोडिएका गोप्य कुराहरु सार्वजनिक गरेको भन्दै एप निर्माताबिरुद्ध मुद्दा नै हालेको बीबीसीले जनाएको छ ।
गुगल प्ले र एप्पल स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिने यो एप मोबाइलमा डाउनलोड गरेपछि युवतीहरुले आफ्नो फेसबुक अकाउन्ट एड गर्नुपर्छ । त्यसपछि युवतीले आफुले डेट गरिरहेको युवकका बारेमा बताएर रेटिङमा सहभागी हुन सक्छन् । कतिपयले आफ्ना पूर्व प्रेमीहरुको प्रोफाइल सिर्जना गरि उसका असक्षमताबारे तिखो टिप्पणी गरेको पनि भेटिन्छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा, बेलायती प्रधानमन्त्री डेविड क्यामरुन र डेनर्माककी प्रधानमन्त्री हेल थोर्निङ-श्मिटले नेल्सन मण्डेलाको स्मृतिसभामा स्मार्टफोनबाट आफ्नो तस्वीर खिचे ।
तस्वीरमा अमेरिकी राष्ट्रपति ओबामाकी पत्नी मिसेल ओबामा पनि देखिएकी छिन् तर, मिसेल यो सेल्फीमा सहभागी भइनन् । जर्मन प्रधानमन्त्रीसँग गफमा रमाएका पति ओबामालाई उनले कर्के नजर लगाएको तस्वीर अन्तराष्ट्रिय संचारमाध्यममा छाएको छ ।
मण्डेला अन्त्येष्टिका बेला देखिएको हाइप्रोफाइल सेल्फीलाई केही टिप्पणीकार ‘गम्भीर अवस्थामा तस्वीर खिच्ने समाजिक चलन’का रुपमा मात्र लिएका छन् । ओबामा, क्यामरुन र थोर्निङ-श्मिटको यो सेल्फीपछि ट्वीटरमा मानिसहरुले टिप्पणी गरेका छन् ।
‘सेल्फी’लाई अक्सफोर्ड वर्ड अफ दि इयर २०१३ चयन गरिएको छ । अक्सफोर्डका सम्पादकका अनुसार आफैंले आफ्नो तस्वीर खिचेर सोसल मिडियामा अपलोड गर्ने चलनलाई ‘सेल्फी’ नाम दिइन्छ । यो शब्द २०१३ मा सेल्फ पोर्टेट फोटोग्राफका लागि प्रचलनमा आएको थियो । केही युवाहरुले पोपसग तस्वीर खिचेर समाजिक संजालमा चर्चित भएपछि सेल्फी शब्द लोकप्रिय भएको थियो ।
झण्डै ५ घण्टाको सपिङपछि पनि प्रेमिकाले किनमेलका लागि अर्को पसलमा जान कर गरेपछि एक युवकले आत्महत्या गरेका छन् । घटना पूर्वी चीनको एक सपिङ मलमा भएको हो ।
मलमा जडान गरिएको सीसीटीभी फुजेटमा देखाएअनुसार ३८ वर्षीय टाओ साओ र उनकी प्रेमिकाले झण्डै पाँच घण्टा विभिन्न पलसमा सपिङ गरेका थिए । त्यसपछि टाओले घर जाने प्रस्ताव राखे ।
प्रत्यक्षदर्शीहरुका अनुसार टोओले धेरै किनमेल भइसकेको भन्दै अब नथप्न प्रेमीकालाई आग्रह गरिरहेका थिए । तर, उनकी प्रेमिकाले भने विशेष अफर भएको भन्दै जुत्ता पसलमा जाने कर गरिन् । मेरा धेरै जुत्ता छन, कहिले लगाउने भन्दै ती युवकले टार्न खोजे तर प्रेमिकाले कन्जुस भएको आरोप लगाइन् । आफ्नो क्रिसमस विगारेको अरोप लगाउँदै ठूलो स्वरमा कराइन् ।
विवादकै क्रममा टाओले व्याग हेरे र दौडिएर बाल्कुनीबाट हाम फाले । क्रिमसम ट्रीमा ठोक्किँदै टाओ ७ तला तल बजारिए, तत्काल आकस्मिक सेवा बोलाइएपनि उनको ज्यान जोगाउन सकिएन ।
हाम्रो निजी जीवन अहिले तीनथरि स्क्रिनमा बिभाजित छ- मोबाइल, ट्याबलेट र कम्प्युटर । यी तीनथरि साधनको प्रयोगको ‘प्राइम टाइम’ पनि भिन्नभिन्न हुने गरेको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ ।
बिजनेस इन्साइडरले गरेको एक अध्ययनअनुसार मानिसहरु बिहानको समयमा मोबाइल, दिउँसोको समयमा कम्प्युटर र रातीको समयमा ट्याबलेट बढि प्रयोग गर्छन् । तर मोबाइल फोनको प्रयोग भने बिहानदेखि बेलुकीसम्मे उस्तै गतिमा हुने गरेको अध्ययनले देखाएको छ ।
पछिल्लो दिनमा ट्याबलेट मार्केट विस्तार हुँदै गएको भएपनि फोनको तुलनामा निकै पछि रहेको अध्ययनमा देखिएको छ । स्मार्टफोनको उत्पादन बढ्दै जाँदा मूल्य घट्दै गएको र ६० प्रतिशतभन्दा बढि स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम चल्न थालेको अध्ययनले देखाएको छ ।
एक अमेरिकी दम्पत्तिले तीन बच्चा (ट्रिपल) लाई एकसाथ जन्म दिएका छन् । नर्दन क्यालिफोर्निया हस्पिटलका एक डाक्टरका अनुसार यो प्रसव नेचुरल तरिकाबाट भएको हो ।
यसमा दुलर्भ चमत्कार त के छ भने न त महिलाको अपरेशन गर्नुप¥यो न कुनै औषधी नै दिइयो । ट्रिपल हुने यस्तो दुर्लभ घटना १० लाखदेखि १ करोड प्रसुतिमा हुने बताइन्छ ।
ट्रिपल बच्चालाई जन्म दिने महिला हन्ना क्विन्सी सिटीमा बस्छिन । टम हेपनरले आफ्नो पत्नीलाई नर्दन क्यालिफोर्निया हस्पिटलमा लगेका थिए । हन्नाले दुई छोरा र एक छोरीलाई जन्म दिएकी छिन् ।
अस्पतालका अनुसार उनको छोरा एब्बीको तौल ३ पाउण्ड २ औंस, ब्रिनको तौल ३ पाउण्ड ११ औस र छोरी लारेलको तौल ४ पाउण्ड छ । अस्पतालका अधिकारीहरुका अनुसार बच्चाको सही रुपमा खान पिउन सक्ने नभएसम्म तीनै जनालाई अस्पतालमा राखिनेछ ।
आजकल इन्टरनेटमा पाइने यस्ता धेरै तस्वीर वास्तविक हुँदैनन् । अनौठो लाग्ने यस्ता तस्वीरलाई फोटोसपका माध्यमबाट कलात्मक बनाउनु आम प्रबृत्तिजस्तै हो । तर हामी तपाईंलाई यहाँ केही त्यस्ता ऐतिहासिक तस्वीर देखाउँदै छौं, जसलाई हेर्नासाथ तपाईं भन्नुहुनेछ– ‘यी साँच्चिकै तस्वीर हैनन, फोटोसप ट्रिक हुनसक्छ ।’
जी योङ ली(३०) यस्ती कलाकार हुन जसले निकै लामो मेहेनतपछि केही चित्र बनाउँछिन जुन अचम्मलाग्दा र जीवन्त हुन्छन् । यस्ता तस्वीर बनाउन उनलाई कहिले त महिनौ पनि लाग्छ । सिओलमा रहेको उनको स्टुडियोमा यी जीवन्त तस्वीरहरु तयार भएका हुन् । ओपिओम ग्यालरीको आयोजनामा उनका यस्तै दुलर्भ तस्वीरहरुको प्रर्दशनी फ्रान्समा फेब्रुअरी ७ देखि मार्चसम्म हुँदैछ ।
महोत्तरी-निलो रंगको कोट र पहेंलो रंगको टोपीमा ठाँटिएका बेहुला र रातो साडीमा सिंगारिएकी बेहुली। आँगनभरि जम्मा भएका आफन्तको आँखा बेहुला–बेहुलीमा ठोक्किएको छ। जन्तीको ध्यान बेहुला–बेहुलीभन्दा भोजभतेरतिर केन्द्रित छ। रक्सी र सुँगुरको मासुको स्वाद चाख्न जन्तीलाई भ्याइनभ्याई छ।
दुई हजार तिरेर ल्याइएको साउन्ड सिस्टमबाट चर्को स्वरमा बजेको गीतमा सबै झुमेका छन्। २५ हजारमा ल्याइएको रात्रिनृत्यले बिहेको रौनक बढाएको छ।
मटिहानी–१ का झगरु मल्लिक डोमकी ११ वर्षीया छोरी वीणाकुमारी र एकडारा बेला–५ का सुरेश मल्लिकका १२ वर्षीय छोरा रोशनको बिहेको यो माहोलले शनिबार महोत्तरी मटिहानीको डोम बस्ती तातेको थियो।
बिहेको सामाजिक र सांस्कृतिक दायित्वसमेत बुझ्न नसक्ने उमेरमा प्रणय सूत्रमा बाँधिन लागेका रोशन र वीणा कहिले वरिपरि त कहिले एकअर्कालाई हेर्दै अचम्म मानिरहेका थिए।
बाँसको सामग्री बनाएर साँघुरो कोठामा जीवनयापन गर्ने मटिहानीका डोम समुदायमा बिहेको खुसी थामिसाध्य थिएन। मुलुकमा थुप्रै परिवर्तन भए पनि डोमबस्तीमा त्यसको कत्ति प्रभाव परेको छैन। आफ्नो पौराणिक रीतिरिवाजलाई निरन्तरता दिँदै बालविवाह गर्ने चलन डोम समुदायले छाड्न सकेको छैन।
सके गर्भमै, नभए ५ वर्षको उमेरभित्रै बिहे गरिसक्ने परम्पराअनुसार झगरु डोमले ११ वर्षीया छोरी वीणाको बिहे १२ वर्षीय रोशनसँग परम्परागत शैलीमा धुमधामका साथ गराए।
समाजमा अभिशाप मानिने बालविवाहलाई डोम समुदायले भने अनिवार्य ठान्ने गरेको छ। यो समुदायमा सामान्यतः आमाको दूध छाडेको बच्चा बिवाहयोग्य मानिन्छ र बिहेका लागि वरवधु खोज्ने काम सुरु हुन्छ। पाँच वर्ष नाघेपछि छोराछोरीको बिहे हुन नसक्ने उनीहरूको विश्वास छ।
जन्मेको तीन वर्षपछि बाबु गुमाएका रोशनको बिहे गर्नुको प्रमुख कारण जवान भएपछि आफ्नो जातकी केटी नपाउने डर हो। 'ठूलो भइसकेको छ, अब पनि बिहे नगरे आफ्नो जातकी केटी पाइँदैन,' रोशनका दाजु श्रवणले भने।
केटी पक्षले एक थान साइकल, चार आना सुनको गहना, २ हजार ५ सय नगद दाइजोस्वरूप दुलाहा पक्षलाई दिएका छन्। गाउँमा दुलाहा घुम्ने रथको ४ हजार, साउन्ड सिस्टमको २ हजार र रात्रिनृत्यबापत २५ हजार रुपैयाँसमेत दुलही पक्षले खर्च गरेको छ। दुलहीका बाबु झगरुले दाइजो, भोजभतेर, नाचगान, बस–जिप भाडा र सजावट गरी तीन लाख खर्च भएको बताए।
'बालविवाह जीवन तवाह', 'बिहेबारी २० वर्षपारि' जस्ता नारा डोम समुदायमा नपुगेको होइन तर सामाजिक–धार्मिक परम्पराप्रतिको विश्वास र आर्थिक–शैक्षिक ज्ञान अभावले उनीहरूले बालविवाहलाई निरन्तरता दिइरहेका छन्।
जन्ती आएका मनरा–१ का रामसोगारथ मल्लिकले आफ्नो जातिमा बालविवाह कायमै रहेको स्विकार्दै न्यूनीकरणका लागि व्यापक चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
मुलुकी ऐन ११ औं संशोधनले केटाको उमेर २२ र केटीको उमेर १८ वर्ष कटेपछि मात्र बिहे हुनसक्ने व्यवस्था गरेको छ। उक्त ऐनले अभिभावकको मन्जुरीमा केटाको उमेर १८ र केटीको १६ वर्षमा पनि बिहे हुनसक्ने प्रावधान तोकेको छ।
गरिब र अशिक्षित डोमहरूलाई कानुनको यस्तो व्यवस्थाबारे ज्ञान छैन। 'हामी कानुन जान्दैनौं,' दुलहीका बाजे महेन्द्र डोम भन्छन्, 'यो हाम्रो चलन हो। सानै उमेरमा बिहे नगरे हाम्रा छोराछोरीले जोडा नै पाउँदैनन्।'
दुलहीका पिता झगरुका अनुसार डोम समुदायमा बिहे भई श्रीमान्को घर भित्रिनासाथ दुलही माइत फर्किन्छिन्। दुलाहा जवान भएर भरणपोषण गर्नसक्ने भएपछि दुलहीलाई घर पठाउने चलन छ। मुलुकभर १० हजार डोम समुदायको जनसंख्या रहेकोमा महोत्तरीमा २ हजार हाराहारीमा डोम समुदायको बसोबास छ।


















































